कात्तिक ८, काठमाडौं – कृषि विकास बैंकले २ अर्ब ५० करोड रकम बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । उक्त ऋणपत्र जारी गर्ने कार्यका लागि कृषि विकास बैंक र एनआईबीएलएस क्यापिटलबीच सम्झौता भई गर्नुपर्ने आवश्यक कार्यहरू अगाडि बढिसकेको छ ।
‘एडीबीएल कृषि विकास बैंक २०८३’ नाम दिइएको ७ वर्षे ऋणपत्र (डिभेन्चर) १०.३५ प्रतिशत ब्याजदरमा जारी गर्नका लागि नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृति प्राप्त भई सकेको छ भने अन्य नियामक निकायबाट आवश्यक स्वीकृत तथा कागजात तयार गरी आम नेपाली नागरिकका लागि सरकारी बैंकद्वारा ऋणपत्र (डिभेन्चर) छिट्टै जारी हुने बैंकले जनाएको छ ।