त्रिवि जनप्रशासन विभागमा लाग्यो ताला

कात्तिक ६, काठमाडौं – त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले अनुचित ढङ्गले जनप्रशासन केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्त गरेको आरोप लगाउँदै त्यसको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी सङ्घले विभागमा तालाबन्दी गरेको छ ।

त्रिविले निमित्त प्रमुख प्राध्यापक यशोधा काफ्लेको तीनमहीने कार्यकाल सकिएपछि उपप्राध्यापक हरिभक्त शाहीलाई निमित्त प्रमुख नियुक्त गरेको छ । शाहीको नियुक्तिसँगै विद्यार्थी आन्दोलनमा उत्रेका छन् ।

वरिष्ठतम प्राध्यापकलाई विभागीय प्रमुख नियुक्त गर्नुपर्ने, एउटै व्यक्ति दुई संस्थाको प्रमुख राख्न नहुने र विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने माग सहित संघले तालाबन्दी गरेको बताइएको छ ।