कात्तिक ४, काठमाडौं – जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वको प्रहरी टोलीले गएराति जुवा खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले राति १ः३० बजेको समयमा देवचुली नगरपालिका–६ मुण्डेमा रहेको आधार रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ती जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए ।
जुवा खेलिरहेका उनीहरुको साथबाट प्रहरीले रु एक लाख ४२ हजार ९४० समेत बरामद गरेको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक रानाभाटले बताए ।
रासस