असोज २७, काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । मंगलबारदेखि काठमाडौंको होटल हायातमा एनआएएनको नवौं सम्मेलन सुरु हुन लागेको छ ।
महासचिव बद्री केसीले सोमबार पत्रकार सम्मेलन आयोजना गरी सम्मेलनको तयारी पूरा भएको जानकारी गराएका हुन् । उनका अनुसार विभिन्न देशबाट १५ सय प्रतिनिधि काठमाडौं आइसकेको र १३ सय जनाले नामसमेत दर्ता गरिसकेका छन्।
एनआरएनए प्रवक्ता भुवन घिमिरेका अनुसार प्रतिनिधिहरूको नाम दर्ता सोमबार ३ बजेसम्म र वैकल्पिक प्रतिनिधिको साँझ ७ बजेसम्म नाम दर्ता गरिनेछ। सम्मेलनबाट नयाँ नेतृत्व चयन हुनेछ। विभिन्न १४ पदका लागि ४२ जना चुनिने छन् । मतदानको कार्यतालिका २९ गते छ ।
एनआरएनए अध्यका लागि कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।