असोज २७, काठमाडौं – डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए फेरि अनसन बस्ने चेतावनी दिएका छन् ।
सोमबार टिचिङ हस्पिटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै डा. केसीले सरकारलाई यस्तो चेतावनी दिएका हुन् ।
उनले माग पूरा नभए आगामी कार्तिक १३ गतेबाट अनसुन सुरु गर्ने चेतावनी दिएका छन् ।
उनले चिकित्सा क्षेत्रमा सुधार, नियुक्ति प्रणालीमा दलिय भागबण्डा अन्त्य हुनुपर्ने, विभिन्न आयोगले दोषी ठहर्याएकालाई कारबाही हुनु पर्ने लगायतका माग राखेका छन् ।