असोज २६, काठमाडौं – नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ २ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । सोल्टी होटलदेखि त्रिभुवन विमानस्थलसम्म उनी सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उनको बिदाइ गरे ।
कर्मचारी र सर्वसाधारण १२ बजेदेखि नै सडकमा दुवै देशको झण्डा लिएर बिदाइका लागि प्रतीक्षारत थिए । उनीहरूले करीब दुई घण्टाको प्रतीक्षापछि राष्ट्रपति सीलाई बिदाइ गर्न पाएका थिए । राष्ट्रपति सी सोल्टी होटलबाट विमानस्थल जाँदा सडकका दुवै किनारमा रहेका कर्मचारी, युवा, विद्यार्थी, बालबालिका र सर्वसाधारणले उनलाई नेपाल र चीनको झण्डा हल्लाएर बिदाइ गरेका थिए ।
साथै ठाँउठाँउमा सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।
हेरौ तस्बीरमा –