हेलमेटले हानेर रिलायन्स सिमेन्टको ६ लाख लुटियो

असोज ९,काठमाडौं – रूपन्देहीको भैरहवा–लुम्बिनी सडकखण्डमा एक जनासँग ६ लाख रुपैयाँ लुटिएको छ ।

रूपन्देहीको लुम्बिनी रोडस्थित रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिश त्रिपाठीको साथमा रहेको ६ लाख रुपैयाँ दुई जना लुटेराले लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

त्रिपाठी बिहीबार बिहान रिलायन्स सिमेन्ट उद्योगको भैरहवास्थित कार्यालयबाट लुम्बिनी रोडमा रहेको उद्योगमा मोटरसाइकलमा जाँदै थिए । त्रिपाठीलाई हेल्मेटले टाउकोमा हानी पैसा लिएर गएको प्रहरीले बताएको छ ।