बैंक ह्याक प्रकरण – स्याङ्जाबाट थप १ जना पक्राउ

असोज ९, काठमाडौं – कृषि विकास बैंक ह्याक प्रकरणमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामकृष्ण भुसाल छन् । भुसाल बैंक ह्याक प्रकरणका नेपाली एजेन्ट भएको प्रहरीले बताएको छ ।

यो सँगै बैंक ह्याक प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ। अपराध महाशाखाको टोलीले यसअघि पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गरेको थियो ।

कृषि विकास बैंकबाट ह्याकरले ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरेर व्यक्तिको खातामा ट्रान्सफर गरेका थिए ।