चिनतिरको नेपालका उत्तरी दुई नाका पुनवन्द, दशैका वेला व्यापार व्यवसाय पुरै चौपट

असोज ६, काठमाडौ–सिन्धुपाल्चोकको तातोपानी नाका भूकम्प पछि झण्डै ४ वर्ष सम्म ठप्पै भयो । नाकावन्द भए पछि यस आसपासाका व्यापारव्यवसाय पनि ठप्पै भए । तातोपानी नाकादेखी वाह्रविसे भोटेकोसी तथा खाडीचौर हुदै काठमाडौसम्मको व्यापार व्यवसाय पुरै चौपट नै हुन पुग्यो ।

भूकम्पका कारण यस क्षेत्रको सडक मार्ग तथा नाकमा ठुलो असर परे पछि यहाँको आयात र निर्यातका सबै कारोबारमा तगाँरो लागेको थियो । व्यपार व्यवसाय मात्रै हैन आवतजावतमै कठिनाई उत्पन्न भएको थियो । तर भूकम्पपछि ठप्प भएको तातोपानी नाकाको कारोबार रसुवागढीले असुल्दै आएको थियो । यो वर्षामा रसुवाको राम्चे क्षेत्रमा पहिरोले सडक अवरुद्ध भएपछि रसुवागढीको नाका पनि दुई सातादेखि बन्द हुन पुग्यो ।

यता सिन्धुपाल्चोको तातोपानीनाका पनि गत जेठ १५ गते खोलिएपछि व्यापार व्यवसायमा पुनश्च राहत थपिदै गएको थियो । तर रसुवाको राम्चे खण्डमा गएको पहिरोले केरुंग नाका रसुवागढीको व्यापार फेरी ठप्प हुँदा त्यसको भरपाई जेठ १५ गते खुलेको सिन्धुपाल्चोकको तातोपानी नाकाबाट असुल्ने काम सुरु भएको थियो । तर चिनियाँ क्षेत्रमा सडक बिग्रिएको भन्दै मर्मत सुरु गरिए पछि तातोपानी सिन्धुपाल्चोेकको मुख्य तातोपानी नाकाबाट हुने आयात व्यापार पनि दुई दिने देखि रोकिएको छ । चीनले खासा बजार क्षेत्रमा चर्किएको सडक मर्मत सुरु गरेपछि शनिबार देखि आयात रोकेको छ ।

यो सँगै चीन जोड्ने उत्तरका प्रमुख दुबै नाका बन्द हुँदा नेपालीहरुको प्रमुख चाँडदशै र तिहारका लागि लक्षित सामाग्री प्रमुख आयातठप्प भएपछि व्यापारीहरु पुरै रन्थनिएका छन् । वर्षाको पहिरोले रसुवा सडक वन्द भए पछि तातोपानी सरेका रसुवाका व्यापारीले पछिल्लो एक सातामै व्यपारिका कारोबार चम्काएका थिए । स्याउ, तयारी पोशाक लगायत चाँडबाड लक्षित सामग्रीका लागिएकै दिन ४० कन्टेनरसम्म खासा गएको तथ्यांक पाईएको छ ।

यता चिनियाँ अधिकारीले सडक मर्मत गर्न एक साता लाग्ने भएकाले त्यो बेला सम्म कारोबार गर्न नपाउने जानकारी दिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार अधिकृत केशवराज ओलीले बताएका छन् ।

नका खुल्दासम्म यस अगाडी नै आएका सामाग्री चेकजाँचबाट सुख्खाबन्दरगाह भन्सारले गत शनिबार मात्रै ८४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । गत साउनयता भन्सारको १० करोड रुपैयाँ राजस्व संकलन भईसकेको छ । भदौमा भन्सारले पाँच करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

भूकम्पअघि साना, ठूला, मझौला गरी झण्डै हजार ट्रक, कन्टेनर चिनियाँ सामाग्री ढुवानीमा संलग्न थिए । तर भुकम्प गएको झण्डै ४ वर्षसम्म ठप्प भएको तातोपानी नाकामा मालबाहक ढुवानी साधनमात्र आवत–जावत गर्ने सर्तमा नाका खोलिएको थियो हो । तर खासा क्षेत्रमा मान्छे आवतजावत गर्न भने अझै पाउदैनन् ।

कन्टेनरका चालक, सहयोगी र सामाग्री लोड गर्ने भरियाले मात्र प्रवेश पास लिएर तिब्बत क्षेत्र जान अनुमति पाउछन् । अध्यागमन कार्यालय कोदारीले उनीहरुलाई एक वर्षे प्रवेश पास जारी गर्दै आएको छ । अध्यागमन प्रमुख रामचन्द्र काफ्लेलेका अनुसार हालसम्म दुई सय चालक, सहयोगी र ३० भरियाले प्रवेश पास लिएका छन् । त्यो पनि सिन्धुपाल्चोकवासीले मात्र प्रवेश पास पाउने गरेका छन् । उनीहरुलाई तिब्बतको ३० किलोमिटर दुरी सम्ममात्र पुग्न अनुमति दिइएको छ । खासामा बस्ने अनुमति नभएकाले मजदुर बिहान खासा पुगेर बेलुका नेपाली भू–भागमै फर्कने छन् ।