तीन दिनसम्म पनि भेटिएनन अरुणमा बेपत्ता, फर्कियो गोताखोर टोली

असोज ५, काठमाडौं — एक हप्ता अघि संखुवासभा जिल्लाको अक्कर भिरबाट जीप अरुण नदीमा खसेर बेपत्ताहरु भेटिएका छैनन् । घटनास्थलमा जीप र बेपत्ता यात्रुहरुलाई नभेटिएपछि गोताखोर टोली फर्किएको छ ।

अक्कर भिरको खोँचबाट करिव ४० मिटर तल रहेको अरुण नदीमा जीप खसेको थियो । जीप खसेको ठाउँमा पानी जमेको जस्तो भए पनि तीब्र गतिको घुमाउने (पानीको भुमरी) भएकोले खोज्न समस्या परेको थियो ।

जीप खसेको ठाउँमा नभएको र अन्यत्र नै बगेर गएको निष्कर्ष निकालेर उनीहरु फर्केका हुन् । खोजी कार्यको अन्तिम दिन शनिबार ठुलो क्षमताको चुम्बक प्रयोग गरेर जीपको खोजी गरे पनि त्यस ठाउँमा नभेटिएपछि अन्यत्र नै गएको टोलीले निष्कर्ष निकालेको छ ।