यु–१८ च्याम्पियनसिप —नेपाल र माल्दिभ्स बराबरीमा

 

असोज ३, काठमाडौं — यु–१८ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ ।

शुक्रबार काठमाडौंमा भएको पहिलो खेलमा माल्दिभ्स र नेपाल १–१ को बराबरीमा रोकिएको हो ।  १८ वर्षमुनिको साफ च्याम्पियनसिप लगातार दुई पटक जितेको नेपालको यस बर्ष पनि जित्ने लक्ष्य लिएको छ ।