“सामाजिक सञ्जालमा फुर्सदिला युवाको समय परिणामहीन बहसमा बितेको छ ।” —प्रधानमन्त्री

असोज ३, काठमाडौं — प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा समय बिताउने युवाहरुको समय परिणामहीन बहसमा बिताएको बताएका छन् ।

संविधान दिवसको अवसरमा टुँडिखेलबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाले रचनात्मक सिर्जनामा भन्दा बढी सामाजिक सञ्जालमा विना मुद्दाका विषयवस्तुमा हुने परिणामहीन बहसमा समय व्यतीत गरेको बताए ।

ओलीले आफुलाई फुर्संदिला  युवा पंक्तिको चिन्ता बढेको सुनाए । उनले भने  “मलाई थोरै चिन्ता केही फुसदिला युवा पंक्तिको छ,  जसको ऊर्जा रचनात्मक सिर्जनामा भन्दा बढी सामाजिक सञ्जालमा विना मुद्दाका विषयवस्तुमा हुने परिणामहीन बहसमा व्यतीत भइरहेको छ” ।

ओलीले युवाहरुले गरेको इनोभेटिभ प्रयासहरुको भने प्रशंशा गरेका छन् । उनले भने  “मलाई गर्व ती युवा पंक्तिप्रति छ, जसले विभिन्न इनोभेटिभ प्रयासहरु थालेका छन् ।”