असोज ३,काठमाडौं —नेकपाका नेता तथा पूर्व सांसद् हरि बैरागी दाहालको निधन भएको छ ।
हृदयघात भएपछि गएको शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका पूर्व सांसद् दाहालको शुक्रबार बिहान निधन भएको हो ।
उहाँ २०५१ सालमा संखुवासभाबाट तत्कालीन नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीको लागि राखिने र शुक्रबार दिउँसो नै पशुपति आर्यघाटमा अत्येष्टि गरिने परिवारले जनाएको छ ।