असोज २, काठमाडौं — गत बैसाख १६ मा सुरु भएको संघीय संसद्को चालू अधिवेशन आज अन्त्य हुँदैछ ।
चालू अधिवेशनमा सरकारका नीति तथा कार्यक्रम, बजेटअलावा केही महत्त्वपूर्ण विधेयकहरु पारित भएका छन् ।
यस अवधिमा भूमिसम्बन्धी विधेयक, विज्ञापनसम्बन्धी विधेयक पारित नागरिकता, पारमाणविक विधेयक भने यो अधिवेशनले टुंग्याउन सकेन ।
संसद्मा प्रस्तुत भएका केही विधेयक भने विवादित रहे। व्यापक विरोध भएपछि गुठी विधेयक सरकारले फिर्ता नै गर्नुपरेको थियो ।
मिडिया काउन्सिलसम्बन्धी विधयेक, मानवअधिकार आयोगसम्बन्धी विधेयक व्यापक विरोधका बीच पारित हुन सकेको छैन ।