यसकारण अरुण नदीमा बेपत्ताको खोजी हुन सकेन…………….

 

असोज १, काठमाडौं — अरुण नदीमा बेपत्ताहरुको अझै पनि खोजी हुन सकेको छैन । निरन्तर बर्षाका कारण पानीको बहाव बढेपछि बेपत्ताहरुको खोजी कार्य गर्न नसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक मिनबहादुर लामाले इमेलखवर डटकमलाई बताएका छन् ।

लामाका अनुसार घटनास्थल आसपास स्थानीय र प्रहरी पुगे पनि उद्धार कार्य अगाडि बढ्न सकेको छैन । उनले भने  “खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ साथै माथिबाट गोताखोर टोली पनि मगाएका छौं, तर मौसम खराबीका कारण गोताखोरको टोली आउन समेत समस्या भएको छ ।”

मंगलबार राति अन्दजी १० बजे को १ ज ३७४९ नम्बरको बोलेरो जीप धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खसेको थियो । संखुवासभा नगरपालिका–९ का संगम श्रेष्ठका ३ महिने बिरामी छोरालाई लिएर आउँदै गरेको जीप नदीमा खस्दा श्रेष्ठकी श्रीमती र छोरासहित बेपत्ता रहेका छन् ।