मुलुक विघटनको खतरामाःमन्त्री बस्नेत

भदौं ३१,काठमाडौं —वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुक विघटनको खतरामा रहेको बताएका छन् । वनस्पति विभागद्वारा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले समाजमा देखिएको असन्तुष्टिलाई बेलैमा व्यवस्थापन नगरिए अराजकता निम्त्याउँने र अराजकताले मुलुकलाई विघटनतिर लैजाने बताए ।

मन्त्री बस्नेतले जनताले सुशासन कायम होस् भन्ने चाहेको तर आफ्नो चाहना पूरा नहुँदा असन्तुष्टि बढेकोे उनको भनाइ छ । ‘सेवाग्राहीले आफ्नो काम सहज ढंगलेहोस्, बजारमा चल्ने सबै गैर(कानूनी क्रियाकलाप बन्दहोस् भन्ने चाहेका छन्’ उनले भने ।

जनताले स्वदेशमा विश्वस्तरकै व्यवस्थापनको अपेक्षा राख्ने गरेकोे मन्त्री बस्नेतले बताए । उनले जनताले आफ्नो अपेक्षा अनुसारको नतिजा नपाउँदा समाजमा नकारात्मकता बढ्दै गएको उनको तर्क छ ।