गुल्मीका छुट्टाछुट्टै स्थानमा भीरबाट लडेर २ जनाको मृत्यु

भदौं ३१,काठमाडौं— गुल्मीका छुट्टाछुट्टै २ स्थानमा भीरबाट लडेर २ जनाको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ को थाममा ४३ वर्षीय वीरहादुर केसी र मदाने गाउँपालिका वडानम्बर ५ मलागिरीमा नरे सार्कीको भीरबाट लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी मिनबहादुर घलेका अनुसार बीरबहादुर पसलमा सामान किन्न गएका बेला लडेका हुन् ।त्यस्तै नरे सार्कीको पनि घाँस काट्न गएका बेला भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।दुई जनाको शव जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टको लागि ल्याएको प्रहरीले जनाएको छ ।