भदौं ३१,काठमाडौं—डेढघण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अवतरण मौसम प्रतिकूल भएपछि खुल्ला भएको छ ।
विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले अवरुद्ध अवतरण शुरु गरिएकोे बताए । लगातारको वर्षाका कारण ‘भिजिविलिटी’ नै नपुग्ने अवस्था आएपछि विमानस्थलले आन्तरिक तथा अन्तर्रा्ष्ट्रिय उडानका सबै जहाजको अवतरण बन्द गराएको थियो । विमानस्थलबाट हुने दुबैतर्फका उडान भने रोकिएको थिएन ।
अवतरण बन्द हुँदा भारतको नयाँ दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोका विमान आकाशमै फन्को लगाउँदै ‘होल्ड’ भएका थिए । कतिपय आन्तरिक उडानका जहाज पनि ‘होल्ड’मै थिए । उक्त विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तर्रा्ष्ट्रिय र करीब ३०० आन्तरिक उडान–अवतरण हुँदैआएको छ ।