अन्धबिश्वासको परिणाम — पैसासंगै गयो ज्यान

भदौं ३१, काठमाडौं —करिब २ महिना अघि जन्डिसले ग्रसित धादिङका ३९ वर्षीय राजु मगरलाई पेटको जन्डिस चुसेरै निकालिदिन्छु भन्दै महायान लामा झाँक्री बताउने गजबहादुर लामाले पेटको जन्डिस चुसेरै निकालिदिन्छु भन्दै मगरलाई घरमै बोलाएर ब्लेडले पेट चिरी उपचार गर्न थाले ।

लामालाई मगरले उपचारका लागि ८ हजार बुझाए । मगर निको हुने त कुरै भएन झन सिकिस्त भए । पेट चिरेर निको नभएका राजु अशक्त भएपछि भदौ २५ मा जिल्ला अस्पताल धादिङमा भर्ना भए ।

धादिङ अस्पतालले रिफर गरेपछि उनलाई राजधानी ल्याइयो । काठमाडौँ नयाँबजारस्थित पिपुल मेडिकल कलेजले अरुले बनाइदिएको घाउ आफूले नहेर्ने भन्दै पेटमा जमेको पानी निकालीदिएर फिर्ता गरिदिएको थियो ।

सोमबार मगरको मुत्यु भएको छ । लामाविरुद्ध परिवारजनले जिल्ला प्रहरीमा उजुरी दर्ता गराएका छन् । लामा भने हाल  फरार छन् । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।