भदौं ३१, काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा डेङ्गुको प्रकोपबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव न्यूनीकरणका लागि निर्देशन दिएका छन् ।
लाखुट्टेको टोकाइबाट सर्ने डेङ्गुबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव र यसको निराकरणका विषयमा सोमबार मन्त्रालयमा सरोकार भएका निकायसँग छलफल गर्दै भट्टराईले डेङ्गुले पर्यटनमा पर्न सक्ने असर निराकरणका लागि आवश्यक तयारी तथा पूर्वसर्तकता अपनाउन निर्देशन दिएका हुन् ।
मन्त्री भट्टराईले डेङ्गुबारे राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियरुपमा सही सूचना शीघ्र प्रवाह गरी यसको असर न्यूनीकरण गर्नुपर्नेमा जोय दिएका छन् । खुल्ला क्षेत्र रहेका तथा पर्यटकको बढी उपस्थिति रहने पशुपति, लुम्बिनी, जनकपुर, पोखरा एवं सौराहा लगायतका पर्यटकीय क्षेत्रमा सरसफाइ अभियान चलाउन निर्देशन दिए ।