भदौं२९, काठमाडौं—पर्यटनमन्त्री योगश भट्टराईलाई प्लेनभित्र गालीगलौज गरेको आरोपमा विवादमा तानिएका ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालगञ्जबाट काठमाडौं फर्कँदा मन्त्रीसँग भएको विवादका बारेमा आइतबार पुल्चोकमा पत्रकार सम्मेलन गरिरहेका ज्ञानेन्द्र शाहीलाई विवाद भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
पत्रकार सम्मेलनमा शाही र सहभागीबीच चर्काचर्की समेत भएको थियो । विवाद बढेपछि प्रहरीले घटनास्थलबाट तत्कालै दुवै पक्षलाई नियन्त्रणमा लिएको लिइएको प्रहरीले बताएको छ ।
आफूलाई सामाजिक अभियन्ता बताउने शाहीले अभद्र गतिविधि गर्दै आएका छन् । विमानमा ढिलाई गरेको भन्दै उनले मन्त्री भट्टराईमाथि विमानभित्रै दुव्र्यवहार गरेका थिए ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई पर्खिँदा नेपालगञ्जबाट काठमाडौं आउनुपर्ने विमान डिले भएको थियो । प्लेन रोकेपछि शाहीको समूहले मन्त्रीमाथि गाली गरेको थिए ।
उता, आफ्ना कारण विमान उड्न १५ मिनेट ढिला भएको बताउँदै मन्त्रीले सामाजिक सञ्जालमार्फत माफी मागेका छन् । मन्त्रीले झुट बोकेको भन्दै ‘नेपालका लागि नेपाली अभियान’का अभियन्ता शाहीले पत्रकार सम्मेलन गरेका थिए ।