भदौं २९,काठमाडौं— गोरखामा खानेपानी प्राविधिक रामबहादुर भट्टलाई मुहानसम्म पुगिरहनु पर्दैन । घरमै मोबाइल थिचेर गाउँलेको धारामा पानी खसाल्छन् । बस्ती र मुहानको दूरी करिब ७ सय मिटर छ ।
आरुघाट गाउँपालिका–९ र १० वडामा सञ्चालित चनौटे चापापानी सिंगारेढुंगा लिफ्ट खानेपानी आयोजनाले १ सय २० घरमा खानेपानी सुविधा उपलब्ध गराएको छ । प्रदेश सरकारबाट निर्मित आयोजनामध्ये गोरखामा पहिलोपटक ‘मोबाइल अपरेटिङ सिस्टम’ प्रयोग गरिएको हो ।
‘मुहाननजिकै रहेको ट्यांकीमा मोबाइल अपरेटिङ बक्स र बक्सभित्र सिम छ,’ उपभोक्ता समिति अध्यक्ष विष्णुबहादुर श्रेष्ठले भने, ‘मोबाइलको एपबाट नम्बर डायल गरेपछि बटन अन हुन्छ, कोड नम्बर हानेपछि पानी चालु भएको संकेत मिल्छ ।’
ट्यांकीमा पानी भएरनभएको, विद्युत्को भोल्टेज पुगेरनपुगेको मोबाइलबाट थाहा हुने उनले बताए ।
कान्तिपुर दैनिकमा खबर छ ।