आक्रमणकारी माथि कारवाही नभए संसद अवरुद्ध गर्ने देउवाको चेतावनी

भदौं २९, काठमाडौं — नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीका बाँके जिल्ला सभापति किरण कोइराला लगायतका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारवाही नभए संसद् अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

शनिबार नेपालगञ्जमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले भन्नु सरकारले घटनाका दोषीहरुलाई कानूनी दायरामा नल्याएसम्म आफ्नो दल चुप लागेर नबस्ने बताएका छन् ।

जीउधनको सुरक्षा गर्न प्रहरी प्रशासन असफल भएको भन्दै देउवाले भ्रष्टाचार विरुद्ध बोल्दा काङ्ग्रेसका नेता, कार्यकर्ता कुटिनु लज्जाको विषय भएको बताएका छन् ।

नेपाली काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तर्गत बिहीबार बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका बाँके सभापति कोइराला लगायत काङ्ग्रेस कार्यकर्तामाथि नेकपा समर्थितहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेका थिए ।