भदौं २८,काठमाडौं —एएफसी यू–१६ च्याम्पियनसिप छनोट फुटबल प्रतियोगिताका लागि जोर्डन पुगेको नेपाली टोलीले आज पहिलो खेल घरेलु टोली जोर्डनसँग खेल्दैछ ।
अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्रा्ष्ट्रिय रंगशालामा हुने खेलमा नेपालले शनिबार बलियो टिम जोर्डनविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले पहिलो खेलमा धेरै चुनौति सामना गर्नु पर्ने भएपनि बराबरीमा रोक्ने योजना रहेको बताए ।
सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपालले दोस्रो खेल भदौ ३० गते कुवेतसँग खेल्नेछ । तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानको सामना गर्दा नेपालले अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ ।
प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।