भदौ २५—पूर्व दक्षिण अफ्रिकी क्रिकेटर रुस्टि थरनले अमेरिकाबाट अन्तर्रा्ष्ट्रिय क्रिकेट खेल्ने भएका छन् ।
दक्षिण अफ्रिकाका पूर्ण बलर थरनले घरेलु भूमिमा हुने एकदिवसीय क्रिकेट खेल्दै अमेरिकामा डेब्यु गर्ने भएका छन् ।
अमेरिकाले पहिलो पटक पिएनजी र नामिबियासंग आफ्नो भूमिमा एकदिवसीय सिरिज खेल्दै छ । र, अफ्रिकी खेलाडी थरनले उक्त सिरिज खेल्दै डेब्यु गर्ने छन् ।
थरनले अमेरिकाबाट क्रिकेट खेले उनी दुई देशबाट अन्तराष्ट्रिय क्रिकेट खेल्ने तेस्रो दक्षिण अफ्रिकी खेलाडी हुने छन् । यसअघि रोलोफ भान डेर मिर्वेले दक्षिण अफÞ्रिराबाट खेलेर नेदरल्यान्ड्स तथा केप्लर वेसिल्सले अस्ट्रेलियाबाट खेलेका थिए ।
थरनले दक्षिण अफ्रिकाका लागि ४ एकदिवसीय अन्तराष्ट्रिय, ९ टी(ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् । उनले भारतको चर्चित किग इण्डियन प्रिमिएर लिगमा समेत खेलिसकेका छन् ।
थरनले ३ बर्ष अमेरिकामा बसेका कारण अमेरिकाका लागि क्रिकेट खेल्न पाउने भएका हुन् । अमेरिका क्रिकेटका प्रमुख कार्यकारी अधिकृत इयान हिगीन्सले पहिलो पटक अन्तर्रा्ष्ट्रिय एकदिवसीय खेल आयोजना गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
’अमेरिकामा पहिलो पटक अन्तराष्ट्रिय एकदिवसीय सिरिज आयोजना गर्न पाउँदा सार्है उत्साहित छ । एकदिवसीय क्रिकेट एक महत्वपूर्ण फर्म्याट हो र यसको लागि अमेरिकाले वर्षौं देखि कडा महानत गर्दै आएको थियो,’ इयानले भने, ’हामी सिरिजका लागि निकै आतुर रहेका छौं । खेलाडी समेत टिमले गरेको प्रगतिको स्तर जाँच्न सारै हतारिएका छन् ।’
एजेन्सी