बलात्कृतको उजुरी प्रहरीले दर्ता गरेन

साउन २६, कञ्चनपुर– कञ्चनपुरमा एक कमलहरी बालिका बलात्कृत भएको उजुरी प्रहरीले दर्ता नगरेको पाईएको छ । भीमदत्त नगरपालिकाको ऐरी भन्ने ठाउमा घरमा कमलरी बसेकी १४ बर्षिय बालिकालाई घरधनीले नैं बलात्कार गरेको भन्दै पीडित बालिकाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन । बिगत ४ बर्ष देखि घरमा कमलहरी बस्दै आएकी ति बालिकाका अनुसार बलात्कारपछि गर्भ रहेको र बच्चालाई जबर्जस्ती गर्भपतन गराइएको बताईएको छ ।  पिडीत बालिकाले दिएको उजुरी कुनै ठोस प्रमाण नभेटिएकाले  मुद्दा दर्ता गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले  जनाएको छ । अहिले महिला तथा वृद्धा सेवा केन्द्र महेन्द्रनगरको संरक्षणमा रहेकी ति  बालिकाले दिएको उजुरी दिएको एक हप्ताभन्दा बिती सक्दा पनि जाहेरी दर्ता नग।ी प्रहरलिे उल्टे पिडीत बालिका माथि  अन्याय भएको  केन्द्रकी अध्यक्ष शारदा चन्दले बताइन् । बलात्कृत भनिए पनि उजुरीमा त्यस्तो आधार नभेटिएकाले दर्ता नगरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए । पिडीत बालिकाको गर्भ  डडेल्धुरामा गई गर्भपतन गराईएको उजुरीमा उल्लेख गरिएको छ ।