भदौं २३,काठमाडौं—भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत् मंगलवार मोतिहारी(अमलेखगंज क्रस बोर्डर पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने जानकारी गराएका छन् ।
सोमवार साँझ मोदीले ट्वीट गर्दै भिडियो कन्फरेन्समार्फत पाइपलाइन उद्घाटन गर्ने बताएका छन् ।
Tomorrow PM @narendramodi will jointly inaugurate the first ever cross-border petroleum products pipeline in South Asia, the Motihari-Amlekhganj (Nepal) petroleum product pipeline with @PM_Nepal via video conferencing.
— PMO India (@PMOIndia) September 9, 2019
भारतीय प्रधानमन्त्री कार्यालयको औपचारिक ट्वीटर ह्यान्डलमा लेखिएको छ, ’भोलि मैले र नेपालका प्रधानमन्त्रीले संयुक्त रूपमा दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्दैछौं,मोतिहारी(अमलेखगंजको पेट्रोलियम पदार्थ ओसारपसार गर्ने पाइपलाइनको उद्घाटन भिडियो कन्फरेन्समार्फत हुनेछ ।’
मोतिहारी अमलेखगंज पाइपलाइनले दुवै देशका बीचमा नजिकको सम्बन्ध रहेको संकेत गर्ने मोदीको दाबी छ ।
लगत्तै उनले अर्को ट्वीट गर्दै भनेका छन्’यसले यस क्षेत्रमा उर्जा सुरक्षालाई बढावा दिनेछ र पारवहनमा लाग्ने खर्च कम गर्नेछ ।’
This India-Nepal energy cooperation project, the Motihari-Amlekhganj pipeline, is a symbol of our close bilateral relations. It will help to enhance the energy security of the region and substantially cut down on transit costs.
— PMO India (@PMOIndia) September 9, 2019