खोलाले बगाएर महिलाको मृत्यु

भदौं २०,काठमाडौं —धनकुटामा पखाले खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिका– १ की ४८ बर्षीया देविमाया आले मगरको खोलाले बगाएर मृत्यु भएको हो ।

बिहिवार साँझ पौने ७ बजेको समयमा माईती घरबाट आफ्नो घर मारेकटहरे तर्फ फर्कदै गरेकी मगर बाटोमा रहेको पखाले खोला तर्ने क्रममा खोलाले बगाएको थियो ।

खोलाले बगाइरहेको अवस्थामा स्थानीयहरुले महिलालाई उद्धार गरी उपचारको लागि स्वास्थ्य चौकी जितपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको । जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।