महानगरद्वारा डेंगु नियन्त्रण अभियान सुरु

भदौं, १८ काठमाडौं- डेंगु  संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ । डेंगुका कारण काठमाडौंमा एक जनाको मृत्यु भइसकेको छ भने ८० भन्दा बढी विरामी परेका छन् । यसलाई रोकथाम गर्नका लागि काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रण अभियान सुरु गरेको छ ।

राजधानीको भोटेबहाल, लगनटोल, टेकु लगायतका क्षेत्रमा लामखुट्टे नियन्त्रण अभियान थालेको हो । कुना कुनामा रहेका झाडी हरुमा डेंगुका लामखुट्टे बस्ने हुँदा ति ठाउँमा धुँवा लगाएर लामखुट्टे नियन्त्रण अभियान सुरु गरिएको महानगरले जनाएको छ ।

यो रोग लामखुट्टेले विशेषगरी जथाभावी फालिएका बोतल, टायर, भाडाकुँडा, घरमाहुने गमला, खुला छाडिएका पानी ट्यांकीमा फुल पार्छ । एडिज नामक लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । अन्य लामखुट्टेले फोहोर पानीमा फुल पार्छ तर, यसले सफा पानीमा फुल पार्छ ।