नेपाल बैक र एनविआईबीच सम्झौता

भदौं १८,काठमाडौं — नेपाल बैंक लि.(नेवैलि ) र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. (एनविआई ) बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

एन.बी.आईले नेपाल बैंक लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिम सेवाहरु उपलब्ध गराउने सम्वन्धी उक्त सम्झौतापत्रमा नेपाल बैंक लि. का तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले बैकको प्रधान कार्यालयमा आयोजित एक संक्षिप्त समारोहका बीच हस्ताक्षर गरेका थिए ।

बैकिंग जनशक्ति विकासमा झण्डै १ दशकयता क्रियाशील एनविआई र नेपालको बैकिंग उद्योगमा अगुवा बैकको रुपमा रहेको नेवैलि वीच भएको यस समझदारीबाट बैकको मानव पुंजीलाई अरु बढी उत्पादनशील बनाउन योगदान पुग्ने अपेक्षा बैकले लिएको छ ।