प्रतिनिधिसभाको बैठक आज बस्दै

भदौं १८,काठमाडौं —संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक आज (बुधवार) बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालय सम्बन्धी छलफल गरिने बताइएको छ ।

आजैको बैठकले प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले “शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्नेछन् ।

यससंगै आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले “उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको औद्योगिक व्यवसाय विधेयक, २०७५ माथि छलफल तथा पारितका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।