चक्कु प्रहार गरी राजधानीमै एकको हत्या

भदौं १७, काठमाडौं — काठमाडौंको सीतापाइलामा चक्कु प्रहार गरी एकको हत्या भएको छ । चक्कु प्रहारमा परि नागार्जुन नगरपालिका–५ निवासी २५ वर्षीय आकाश बस्नेतको हत्या भएको हो ।

हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का १९ वर्षीय हिमांशु क्षेत्री, धादिङको गजुरी–२ घर भई सीतापाइला बस्ने २० वर्षीय सागर तामाङ र दोलखाको मेलुङ्ग गाउँपालिका–५ घर भई सीतापाइला बस्ने बुलेट भनिने सुवास श्रेष्ठ छन् ।

सोमबार साँझ सामान्य विवाद हुँदा उनीहरुले बस्नेतलाई चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट घाइते भएका मनमोहन अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।