आणविक बम उपयोग गर्ने विषयमा पाकिस्तानको सफाइ

भदौं १७ — पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आणविक हतियारको पहिलो उपयोग नगर्ने विषयमा दिएको बयानमा त्यहाँको परराष्ट्र मन्त्रालयले सफाइ दिएको छ ।

पाकिस्तानले कहिले पनि शुरूमै आणविक हतियार उपयोग गर्ने छैन भनी विदेशी समाचार संस्थाहरूले प्रधानमन्त्री खानको बयानलाई गलत रूपमा पेश गरेको परराष्ट्र मन्त्रालयको कथन छ ।

पाकिस्तानको आणविक नीतिमा कुनै परिवर्तन नआएको उसको भनाइ छ ।

समाचार संस्था रोयटर्सका अनुसार, सोमवार लाहौरमा पहिलो अन्तर्रा्ष्ट्रिय सिख सम्मेलनमा खानले भनेका थिए, ‘भारत र पाकिस्तान दुवै आणविक हतियार भएका देश हुन् । तनाव बढेमा संसार खतरामा पर्छ । तर हामी त कहिले पनि पहिला आणविक बम उपयोग गर्दैनौं ।’

उनले थप भनेका थिए, ‘युद्ध कुनै पनि समस्याको हल हैन भनी म भारतलाई बताउन चाहन्छु । युद्धमा जित्नेले पनि धेरै कुरा गुमाउनुपर्छ अनि युद्धले अन्य विषय पनि जन्माउँछ ।’

अगस्ट ५ मा भारतले जम्मु कश्मीरलाई विशेष दर्जा दिने धारा ३७० खारेज गरेपछि भारत र पाकिस्तानबीच तनाव जारी छ ।

अघिल्लो महिना भारतका रक्षामन्त्री राजनाथ सिंहले इशारामा भारतका तर्फबाट आणविक हतियार हुन सक्ने भनी बयान दिएका थिए ।

पाकिस्तानका रेल मन्त्री शेख रशीद अहमदले त दुई देशबीच अक्टोबर वा नोभेम्बरमा युद्ध हुने भनी घोषणा नै गरिदिए ।

बीबीसी हिन्दीबाट