राष्ट्रिय महिला भलिबलमा पुलिसकी मनिषा सर्वोकृष्ट खेलाडी घोषित

भदौ, १७ काठमाडौं — तीज महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबकी मनिषा चौधरी सर्वोकृष्ट खेलाडी घोषित भएकी छिन् ।

पोखराको लामाचौरमा सोमबार सम्पन्न प्रतियोगितामा पुलिसलाई च्याम्पियन बनाउन योगदान गरेकी मनिषा सर्वोकृष्ट चुनिएकी हुन् । सर्वोकृष्ट बनेसँगै मनिषाले पाँच हजार नगद प्राप्त गरिन् । सोमबार भएको फाइनलमा पुलिसले होङ्ग्वान्जी न्यू डायमण्ड एकेडेमीलाई ३(० को सोझो सेटमा पराजित गरेको थियो ।

यस्तै प्रतियोगिताको विधागततर्फ पनि पुलिसकै खेलाडीको वर्चश्व रह्यो । पुलिसकी कप्तान कोपिला उप्रेती उत्कृष्ट स्पाइकर र पुलिसकी पुष्पा चौधरी उत्कृष्ट ब्लकर भईन् ।