कैलालीको बौनियाँमा सानिमा बैंकको शाखा सञ्चालन

भदौं १७,काठमाडौं — सानिमा बैंक लिमिटेडल कैलालीको बौनियाँमा शाखा बिस्तार गरेको छ ।

शाखा कार्यालयको समुद्घाटन, सानिमा बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार हरिवंश आचार्य र सञ्चालक भरतकुमार पोखरेलद्वारा संयुक्त रुपमा भयो । समुद्घाटन् समारोहमा सानिमा बैंकका संचालक भरत कुमार पोखरेलले नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै बौनियाँ शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

सानिमा बैंकको उक्त शाखा समेत गरी हालसम्म ७९ वटा शाखा संजाल तथा ७५ वटा एटीएम रहेका छन् ।