भदौ १५, काठमाडौँ—भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री भुमि पद्मा्कुमारी अर्यालले बिकासमा गुण्डागर्दी गर्नेहरुलाई सरकारले तह लगाएरै छाडने बताएकी छन् ।
उपकार बचत तथा क्रृण सहकारी संस्थाले स्याङ्जाको वालिङ स्थित चापाकोट –८ दामाचौरमा आइतबार तीज गीत प्रतियोगितामा बोल्दै मन्त्री अर्यालले काम नगर्ने ठेकेदारको दिन समाप्त भएको बताइन् ।
उनले सरकारले खरिद ऐन चाँडै शंसोधन गराउने र नयाँ नीति तैयार गर्ने पनि जानकारी दिईन् । निर्माणमा हुने ढिलासुस्तीबारे कठोर बन्दै मन्त्रि अर्यालले भनिन् ‘सम्झौता गरेर काम नगर्ने, हौल्ड गर्ने, समयमै काम नसक्ने ठेकेदारहरुका अब दिन गए उनिहरु सबै कालो सुचीमा पर्छन् । ’
सिद्धार्थ राजमार्गको बुटवल पोखराको बाटो २ घण्टामा छोट्याउन लागेको पनि मन्त्रि अर्यालले जानकारी गराइन् ।