पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

भदौ १५, काठमाडौँ —जाजरकोटमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

भेरी नगरपालिका– २ तिमिलेस्थित आज बिहान १ः४५ बजे आएको पहिरोले घर पुरिँदा दलबहादुर वलीको श्रीमतीसहित दुई छोरीको मृत्यु भएको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार पहिरोले घर पुर्दा दलबहादुर वलीको ३२ वर्षीया श्रीमती पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएकोे बताए ।

पार्वतीका श्रीमान् बलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल भएका हुन् । जिल्ला प्रहरी कार्यालयबाट उद्धारका लागि टोली खटिएको, सशस्त्र प्रहरी पनि खटिएको प्रहरीले बताएको छ ।