भदौ १२, दाङ- अधुरो शान्तिवार्ता भएको हापुरेमा यही भदौ १९ गते फेरी बृहत शान्ति एवं समृद्धि सम्मेलन हुने भएको छ । मुलुकमा शान्ति प्रक्रियाले अन्तिम रुप नलिइसकेको अवस्थामा द्वन्द्वरत पक्षलाइ फेरी राजनीतिको मूल प्रवाहमा ल्याउने उद्देश्यले शान्ति प्रक्रियाका अभियन्ताहरु हापुरे आउँदै छन् ।
शान्ति वार्ता सफल पार्न महत्वपूर्ण भुमिका निर्वाह गरेका नागरीक अगुवा तथा पूर्वसभामुख दमननाथ ढुंगाना, राजनीतिक विश्लेषक एवं नागरीक अगुवा श्याम श्रेष्ठ, पूर्व शान्तिमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा, प्रेस काउन्सिलका पूर्वअध्यक्ष एवं नागरीक अभियन्ता नारायणप्रसाद शर्मा, पत्रकार महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमला, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय सरकारका प्रमुखहरु तथा यस क्षेत्रका संघीय एवं प्रदेश सभा सदस्यहरु, प्रदेश नम्वर ५ का सुरक्षा प्रमु्खलगायतको सहभागिता रहने छ ।
कार्यक्रमलाइ भव्य र सभ्यरुपमा सम्पन्न गराउने आतिथ्य संस्था ववइ गाउपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताए । साथै उत्साहजनक सहभागिताका लागि आम गाउँपालिकावासीहरुलाइसमेत उनले आह्वान गरे । ववइ गाउँपालिकाको हापुरेस्थित नवनिर्मित सभाहलमा सो कार्यक्रम हुँदै छ ।
हापुरेमा आयोजना हुने शान्ति र समृद्धि सम्मेलन कुनै राजनीतिक दलको कार्यक्रम नभएर सवै दल र सवै पक्षका अभियन्ताहरुको लक्षित कार्यक्रम हो । जसले फेरी पनि दिगो शान्ति र समृद्धिलाइ महत्व दिने छ । सो अवसरमा स्थानीय संस्कृति झल्किने गीत र नृत्यहरु प्रस्तुत हुने जनाइएको छ ।