फेदोर नामको रुसको पहिलो मानवाकृत रोवोट अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा

भदौं ११,काठमाडौं — मस्को( रुसले पहिलो मानवाकृत (ह्युमनोइड) रोवोट सफलतापूर्वक अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस)मा मङ्गलबार स्थापना गरेको छ ।
फेदोर नाम दिइएको मान्छेकै शरीर जत्रो रोवोटले मानिसझैं यताउता हिँड्ने र वरपरबाट सामान ल्याउने राख्ने कार्य गर्दछ। यसले खासगरी अन्तरिक्ष केन्द्रमा रहेका वैज्ञानिकलाई काममा सघाउनेछ ।

नासाका एक जना टिप्पणीकर्ताले भने, ’सम्पर्क स्थापित भएको छ, रोवोट अन्तरिक्ष केन्द्रमा जोडिएको छ।’ रुसी अन्तरिक्ष केन्द्र रोसकोसमोसले पनि मानवविहीन सोयुज एमएस–१४ यानको सहयोगमा उक्त रोवोट अन्तरिक्षमा र्पुयाइएको जनाएको छ।

अन्तरिक्षमा पठाइएको फेदोर पहिलो रोवोट भने होइन। सन् २०११ मा नासाले जेनेरल मोटर्सको सहयोगमा बनाइएको रोबोनट(२ नामको रोवोट पठाएको थियो। यो रोवोटलाई पनि उच्च जोखिमयुक्त ठाउँमा काम गर्न प्रयोग गरिएको थियो।