विप्लवका नवलपरासी जनसरकार प्रमुख ढकाल पक्राउ

भदौ ६,काठमाडौं —  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएको प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

सुनवल नगरपालिका–१३ बडेरास्थित घरबाटै बिहीबार राति ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यलयमा राखी आवश्यक अनुसन्धान थालिएको उनले बताए । ढकालसँगै पश्चिम नवलपरासीमा विप्लव समूहका अधिकांश नेताहरू यसअघि नै पक्राउ परिसकेका छन् ।
रासस