ओलीको अनुपस्थितिमा प्रचण्डले पार्टीको सचिवालय बैठक बोलाउन सक्ने

 

भदौं ५,काठमाडौं —प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा प्रचण्डले पार्टीको सचिवालय बैठक बोलाउन पाउने भएका छन् ।

ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष प्रचण्डले बैठक बोलाउने र सांगठनिक एकीकरण लगायतका विषयमा निर्णय गर्ने सहमति सचिवालय बैठकमा भएको हो ।

नेकपामा ओली र प्रचण्ड दुवै अध्यक्ष छन् । तर यस अघि बैठक बोलाउने अधिकार प्रचण्डलाई थिएन । हरेक बैठकको अध्यक्षता ओलीले नै गर्दै आएका थिए । अब भने त्यो अधिकार प्रचण्डलाई पनि दिइएको हो ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले उपचारका सिलसिलामा सिंगापुर जान लागेका प्रधानमन्त्री नहुदासबीचमा पार्टीले गर्नुपर्ने निर्णय अर्का अध्यक्षको नेतृत्वमा हुने समझदारी आजको बैठकमा भएको जानकारी दिए ।