भदौं ५,काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जाने भएका छन् ।
चिकित्सकको सल्लाहअनुसार प्रधानमन्त्री ओली बिहीबार दिउँसो साढे १ बजे थाई एयरमार्फत सिंगापुर प्रस्थान गर्ने तालिका रहेको छ । ओलीसँगै प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्या सिंहलगायत पनि सिंगापुर जाने भएका छन् ।
प्रधानमन्त्री ओली मिर्गौलाको विरामी हुन् । उनले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए । मिर्गौला प्रत्यारोपणपछि भारत र बैंकक गएर स्वास्थ्य परीक्षण गर्ने गरेका प्रधानमन्त्रीले बीचमा स्वदेशमै उपचार गराएका थिए ।
सिंगापुरमै स्वास्थ्य परीक्षण गराएर गत साउन २७ गते फर्किएका हुन ।