बिदेशमन्त्री जयशंकरको उपस्थितिमा पुननिर्माणका लागि भारतले दियो साढे दुई अर्ब

भदौं ५,काठमाडौं — भूकम्पपछिको पुननिर्माणका लागि भारतले २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ नेपाललाई हस्तान्तरण गरेको छ ।

पाँचौँ नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सो रकमको चेक बुधबार हस्तान्तरण गरेका हुन् ।

प्राधिकरणका प्रवक्ता तथा सहसचिव पीताम्बर घिमिरेले भारत सरकारले पुननिर्माण गरिरहेको गोरखा र नुवाकोटको ५० हजार निजी आवास पुननिर्माणका लागि सो रकम हस्तान्तरण गरेको जानकारी दिएका छन् ।