साउन २३, काठमाडौँ – गाजापट्टिका आतङ्ककारी समूहले इजरायल र प्यालेस्टाइनी विद्रोहीसमूह हमासबीच ७२ घन्टे युद्धविराम समाप्त भएको केही समयपछि नै रकेट प्रहार गरेको छ ।
सो ७२ घन्टे युद्धविरामपछिको थप लामो युद्धविरामको कुनै सम्झौता बिना टुङ्गिएको छ ,स्थानीय समयअनुसार शुक्रबार बिहान ८ बजे विद्रोही समूहले दक्षिणी इजरायलतर्फ कम्तीमा पाँचवटा रकेट प्रहार गरेका छन् । त्यसैगरी दक्षिण इजरायलको खुलाइलाकामा थप रकेट प्रहार गरेको बताइएको छ ।
इस्लामिस्ट जिहादी सशस्त्र सञ्जालले यस आक्रमणको जिम्मा लिएको बताइएको छ । एक एएफपीका संवाददाता र प्रत्यक्षदर्शीका अनुसार पूर्वी इजरायलतर्फ गरिएको यस रकेट आक्रमणपछि गाजा सहरका स्थानीय बासिन्दा आफ्ना घर छोडी भागेका छन् । इजरायलले बदला लिने सम्भावनाको डरले गाजापट्टिका ती व्यक्तिहरू भागेका बताइएको छ ।