भदौं ४,काठमाडौं — मन्त्रिपरिषद बैठकले ठूलो संख्यामा सचिव सरुवा गरेको छ । प्रधानमन्त्री र मन्त्रीबीच भएको कार्यसम्पादन सम्झौतापछि धमाधम सचिवहरुसँग पनि भइरहेका बेला सचिवहरुको सरुवा गरिएको हो।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह, वन, संघीय मामिला, अख्यितार, सहरी विकास, कानुन र महिला बाहेका अन्य मन्त्रालयका सचिव सरुवा गरेको हो ।
मन्त्रिपरिषद् बैठकले गोपी मैनालीलाई भूमि व्यवस्था तथा गरिबी मन्त्रालयबाट महालेखा नियन्त्रणको कार्यालयमा, सञ्जय शर्मालाई सिँचाइ सचिवबाट विज्ञान प्रविधि मन्त्रालयमा, केदार अधिकारीलाई वाणिज्य सचिवबाट पर्यटनमा, मोहनकृष्ण सापकोटालाई पर्यटनबाट सार्वजनिक खरिद अनुगमनको कार्यालयमा, खगराज वराललाई शिक्षाबाट स्वास्थ्य र महेशप्रसाद दाहाललाई श्रमबाट शिक्षा मन्त्रालयमा सरुवा गरेको छ ।
यसैगरी सूर्यप्रसाद गौतम महलेखा नियन्त्रणको कार्यालयबाट भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयमा, माधव वेल्वासे राष्ट्रिय सतर्कता केन्द्रबाट खानेपानी मन्त्रालय, रामप्रसाद थपलिया स्वास्थ्यबाट युवा तथा खेलकुद र बैकुण्ठ अर्याल वित्त आयोगबाट वाणिज्य तथा आपूर्ति तीर्थ ढकाल प्रदेश ५ बाट वित्त आयोगमा सरुवा भएका छन्।
प्रधानमन्त्री केपी ओलीले साउन १५ गते सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका थिए। आफूले कार्यसम्पादन सम्झौता गरेपछि उनले मन्त्रीहरूलाई आ–आफ्ना मन्त्रालयका सचिवसँग कार्यसम्पादन सम्झौता गर्न निर्देशन गरेका थिए ।