साउन २६, काठमाडौं – वेचविचनको आरोपमा नुवाकोट दुई जना पक्राउ
परेका छन् ।
नुवाकोटका अजय तामाङ र राजु तामाङ भक्तपुरको जगातीबाट पक्राउ पर्नेमा हुन् ।
विशेष सुराकीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले बताए ।
नयाँ दिल्लीमा आकर्षक काम लगाइदिने प्रलोभनमा नुवाकोटका युवतीलाई भारतमा लगेर देहव्यपारमा लगाइएको अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानका क्रममा उनीहरुको दिल्लीस्थित एक कोठी सञ्चालकसँग कनेक्सन देखिएको थियो ।
अनुसन्धानबाट भाइबर र ह्वाट्स एपमा पनि यस्तै प्रकारको विवरण खुलेको प्रहरीले जनाएको छ ।
उनीहरु दुवै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान सुरु गरिएको छ ।
उनीहरुको अनुसन्धानबाट पीडितको खोजी भईरहेको प्रहरीले जनाएको छ ।