साउन २५, दार्चुला – दार्चुलामा बाघको छालासहित एक सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् ।
शुक्रबार राति गस्तीमा हिडेको प्रहरी टोलीले दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटाबाट बाघको छालासहित सशस्त्र प्रहरीका एक जवानलाई पक्राउ गरेको हो ।
बाघको छाला लिएर दुहुँ–२ हिकिलाबाट खलङ्गा आउदै गर्दा सोही ठाउँका दीपकसिंह बडाल पक्राउ परेका हुन् ।
प्रहरी चौकी ब्रह्मदेवले चेकजाँच गर्दा ३९ इञ्च लामो तथा १० इञ्च चौडा छाला बरामद गरेको प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताए । बडालले झोलामा लुकाएर ल्याएका थिए ।
हिकिला–२ का बडाल दार्चुलास्थित सशस्त्र प्रहरी सुरक्षा गुल्म नम्बर ५० मा जवान पदमा कार्यरत छन् ।