उत्तर कोरियाले नेपालमा साइबर आक्रमण गर्न सक्ने खतरा

साउन २५, काठमाडौं – उत्तर कोरियाले नेपालमा साइबर आक्रमण गर्न सक्ने आशंका  तथा खतरा बढेको छ ।

उत्तर कोरियाले साइबर हमला गरी विभिन्न देशका बैंकबाट पैसा लगेको समाचार आएपछि नेपालमा पनि वित्तीय संस्थाहरूलाई सचेत रहन अनुरोध गरिएको हो ।

उत्तर कोरियाले हातहतियार परियोजनाका लागि साइबर हमला गरी झन्डै दुई अर्ब डलर अवैध रूपमा जुटाएको राष्ट्रसङ्घको एउटा गोप्य प्रतिवेदनमा उल्लेख बीबीसीले जनाएको छ ।

त्यसैले नेपालमा पनि उत्तर कोरियाको साईवर हमला हुनसक्ने भएकाले सचेत रहन र विभिन्न तरीका अपनाउन वित्तीय संस्थाहरूलाई जानकारी गराइएको छ

उत्तर कोरियाले नेपालको एउटा बैकबाट ह्याकिङ गरी पनि ठूलो रकम लगेको पुष्टि भइसकेको छ ।

सन् २०१७ को अक्टोबरमा उत्तर कोरियाली ह्याकरहरूले समूहले नेपालको एउटा ब्याङ्कबाट रकम चोरी गरेको नेपाल प्रहरीका अधिकारीहरूले जनाएका छन् ।

ह्याकरहरुले ४६ करोड रुपैयाँभन्दा बढी रकममा ४ करोड रुपैयाँ बराबर चोरी गर्न सकेका थिए ।