साउन २५, काठमाडौं – इंग्लिस प्रिमियर लिगको सिजनको पहिलो खेलमा लिभरपुलको शानदार जीत भएको छ ।
गएराति भएको खेलमा लिभरपुलले नर्विचलाई ४–१ गोल अन्तरले हराएको हो । खेल सुरु भएको सातौं मिनेटमा नर्विचका कप्तान ग्रान्ट हान्लीले आत्मघाती गोल गरेका थिए ।
त्यसपछि १९ औं मिनेटमा मोहम्मद सला र २८ औं मिनेटमा भर्जिल भान डाइकले एक एक गोल गरे ।
लगत्तै ४२ औं मिनेटमा ओरिगीले गोल गरेपछि लिभरपुलले पहिलो हाफमै ४ गोलले नविर्चलाई पछाडी पारेका थियो ।
दोस्रो हाफमा नर्विच सिटीका टिमु पोक्कीले सान्त्वना गोल गर्न पुगेको थियो ।