वीरगञ्जमा बम विष्फोट, ३ जना घाईते

साउन २४, पर्सा – वीरगञ्जको बिर्ता बजारमा भएको बम विष्फोटमा परि ३ जना घाइते भएका छन् । घाइते ३ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

वेलुकीपख सुतली बम विष्फोट गराएको तर कसले गराएको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

बम विष्फोटमा परी तरकारी बजारमा तरकारी बेचिरहेकी एक महिला गम्भीर घाइते भएकी छन् । अन्य दुई जना तरकारी किन्न आएका स्थानीयले रहेको प्रहरीले बताएको छ ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बम विष्फोट भएको घटनाको पुष्टि गर्दै घटनाबारे अनुसन्धान गरिरहेको बताए ।